राजनीति

केन्द्रीय समितिको निर्णय सच्याउन कांग्रेस जिल्ला सभापतिहरुको माग

काठमाडौं– नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेलाले केन्द्रीय समितिको निर्णय सच्याउन माग गरेको छ। जिल्ला सभापतिले महासमिति बैठकबाट उठाएका २ मुद्दा केन्द्रीय समितिले उल्टाएको भन्दै सच्याउन माग गरेका हुन्। 

महासमिति बैठकबाट जिल्ला सभापतिहरुले केन्द्रीय सदस्य महाधिवेशशन प्रतिनिधि हुन तल्लो तहबाट निर्वाचित हुनुपर्ने र समानुपातिकमा १ पटकभन्दा बढी अवसर दिन नहुने माग राखेका थिए। तर केन्द्रीय समितिले उक्त मागलार्इ नसमेटेपछि आक्रोशित जिल्ला सभापतिहरुले गोप्य बैठक गरेका हुन। जिल्ला सभापतिको बैठकले २३ गते बस्ने केन्द्रीय समितिको बैठकबाट आफूहरुको माग सम्बोधन हुने अपेक्षा गरेको काभ्रेका सभापति मधु आचार्यले बताए। 

यस्तै, २३ गतेको बैठकले पनि निर्णय नसच्याए महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिबाट हस्ताक्षर अभियान चलाउने बताए। यति गर्दा पनि निर्णय नसच्याए विशेष महाधिवेशनको प्रावधानमा महाधिवेशनको प्रक्रिया थाल्ने चेतावनी दिएको छ। 

बैठकले तत्काल पार्टीका नयाँ संरचना निर्वाचनमार्फत गराउन आग्रह गर्ने, १४औं महाधिवेशन समयमै गर्नुपर्ने लगायत माग गर्ने निर्णय गरेको छ।

प्रकाशित: २१ चैत्र २०७५ ०९:३६ बिहीबार

नेपाली_कांग्रेस जिल्ला_सभापति_बैठक केन्द्रीय_समिति निर्णय