राजनीति

राहत लिएर कांग्रेस युवा नेता पौडेल पुगे बारा

काठमाडौं–नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल राहत सामग्री बोकेर हुरी प्रभावित क्षेत्र बारा पुगेका छन्। नेपाल विद्यार्थी संघका निवर्तमान माहामन्त्री कुन्दनराज काफ्लेसहितको टोली लिएर बाराको सुवर्ण गाउँपालिका पुगेका नेता पौडेलले पीडितलाई राहत वितरण गरेका थिए। 

नेता पौडेलसहितको टोलीले सो गाउँका २५० घरधुरीलाई निकै आवश्यक रहेको म्याट,झुल,बाल्टी,ट्र्चलाइट लगायतका सामाग्री बितरण गरेको टोलीमा रहेका विद्यार्थी नेता सुशील भट्टले जानकारी दिए। उक्त टोलीले बाराका नेविसंघ कार्यकर्तासँग समन्वयन गरेर पीडितलाई बस्न हुने टहरा निर्माण गरिदिने भट्टले बताए।

 

प्रकाशित: २० चैत्र २०७५ १४:१० बुधबार

कांग्रेस राहत हावाहुरी प्रदीप_पौडेल