राजनीति

सरकारको ध्यान गफमा होइन, काममै छ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले सरकारले गफ मात्रै होइन काम पनि गरेका बताएका छन्। राष्ट्रिय विकास परिषद्को बुधबारबाट सुरु बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको ध्यान गफमा कम, काममा ज्यादा भएको बताए।

नेपालमा ठूला उद्योग स्थापना भएको बताउँदै प्रधानमन्त्री ओलीले अब नेपालले सिमेन्ट आयात होइन नियार्त गर्ने दाबी गरे। विकास निर्माणका कामले तीव्रता लिएको बताउँदै उनले कन्चनपुर पारी तुइन चढेर जानुपर्ने अवस्थाको अन्त्य भएको बताउँदै अहिले उक्त स्थानको नदी तर्न झोलुङ्गे पुल प्रयोग गर्न सकिने बताए। ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नै नेपालका सबै तुइन विस्थापित गर्ने प्रतिबद्धता जायर गरेका थिए।

यस्तै कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई अधिनायकवादको डर धेरै नदेखाउन चेतावनी दिएका छन्। सरकार समृद्धिको अभियानमा लागेकाले अधिनायकवादको हल्ला जनताले नपत्पाउने बताउँदै अधिनायकवादको झूठो प्रचार भएकोमा आपत्ति जनाएका छन्।

ओलीले १५ औैँ योजनाको आधार पत्रको मस्यौदामा उद्योग, पर्यटन, ऊर्जा, पूर्वाधार विकासमा जोड दिएको बताउँदै मुलुकलाई समृद्ध बनाउने योजनामा सरकार लागि परेको उल्लेख गरेका छन्।

 

प्रकाशित: २० चैत्र २०७५ ०९:०५ बुधबार

गफ प्रधानमन्त्री_केपी_ओली अधिनायकवाद राष्ट्रिय_विकास_परिषद्