राजनीति

वीरगञ्ज पुगेर देउवाले भेटे घाइते

वीरगञ्ज– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हावाहुरीका कारण घाइते भएकाहरुसँग अस्पतालमा पुगेर भेट गरेका छन्। हेलिकोप्टरमार्फत वीरगञ्ज पुगेका सभापति देउवाले नारायणी अस्पताल पुगेर घाइतेको अवस्था बुझे। 

सभापति देउवासँगै सहमहामन्त्री डा. प्रकाशशरण महत, नेताहरु आनन्द ढुंगाना, अजय चौरसिया, फर्मुल्लाह मन्सुर, सुरेन्द्रप्रसाद चौधरीलगायत पुगेका थिए।

घाइतेलाई भेटेपछि सभापति देउवाले बिरामीहरुलाई उनीहरुको अवस्था देखेको निकै दुखी महसुस गरेको बताए। ‘कसैको टाउको फुटेको छ। कसैको हात खुट्टामा चोट छ, बच्चा वृद्ध, महिला सबै पीडित भएका रहेछन्’, उनले भने, ‘यो ठूलो आपतको घटना हो। राहत र उद्धार कार्यमा कमजोरी भेटिएमा पार्टीले आजाव उठाउनेछ।’ 

प्रकाशित: १९ चैत्र २०७५ ०५:३३ मंगलबार

हावाहुरी घाइते शेरबहादुर_देउवा