राजनीति

हावाहुरी पीडितलाई कांग्रेस सांसदले दुई दिनको तलब दिने

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले बारा र पर्साका हावाहुरी पीडितलाई आफ्नो दुई दिनको तलब दिने भएका छन्। 

कांग्रेस संसदीय दलको सोमबारको बैठकले बारा र पर्सा लगायत तराईका विभिन्न स्थानमा अकस्मात आएको भीषण हावाहुरीबाट प्रभावितहरुका लागि राहतस्वरुप पार्टीबाट संघीय संसदबाट प्रतिनिधित्व गर्ने सांसदहरुको २ दिनको तलब बराबरको रकम सहयोग गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए।

यसअघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बारा पुगेर पार्टीका सांसदको एक दिनको तलब पीडितलाई दिने घोषणा गरेका थिए।

प्रकाशित: १८ चैत्र २०७५ १०:५४ सोमबार

नेपाली_कांग्रेस हावाहुरी_पीडित सांसद तलब