राजनीति

राहतका लागि राजपाले पाँच लाख दिने

काठमाडौं– बारा र पर्सामा आएको हावाहुरीका कारण ज्यान गुमाएका परिवार तथा अन्य पीडितका लागि राष्ट्रिय जनता पार्टी नेपालले पाँच लाख राहत उपलब्ध गराउने भएको छ। राजपाले एक विज्ञप्ति जारी गर्दै घटनाका पीडितलाई उक्त सहयोग उपलब्ध गराउने घोषणा गरेको हो। 

यस्तै, पीडितको उद्धार र राहतका लागि राजपाले केन्द्र सरकारलाई आग्रह गरेको छ। घटनापछि उद्धारमा प्रदेश सरकारले देखाएको तत्परताप्रति राजपाले प्रशंसासमेत गरेको छ।

राजपाले आफ्ना कार्यकर्तालाई उद्धारका लागि खट्न पनि निर्देशन दिएको छ। राजपाले कार्यकर्ता, उद्योगी, व्यवसासायि र आम जनतालाई पीडितलाई मलम लगाउन राहत संकलनका लागि पनि आग्रह गरेको छ।

 

प्रकाशित: १८ चैत्र २०७५ ०८:५९ सोमबार

राजपा हावाहुरी राहत