राजनीति

प्रभावित क्षेत्र पुगे मुख्यमन्त्री

बारा– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हावाहुरीका कारण घाइते भएकालाई भेटेका छन्। बाराको जिल्ला अस्पताल कलैयामा पुगेर घाइतेको अवस्था बुझेका हुन्।

मुख्यमन्त्री राउत अस्पतालमा घाइतेको अवस्था बुझे लगत्तै प्रभावित क्षेत्र फेटा गाउँपालिकामा गएका छन्। त्यहाँ उनले स्थानीयबाट घटनाबारे जानकारी लिनुका साथै क्षतिको विवरण पनि लिइरहेका छन्। मुख्यमन्त्री राउतले हावाहुरीका कारण मृत्यु भएका परिवारका सदस्यलाई पनि भेटे। घटनापछि निकै विक्षिप्त देखिएका मुख्यमन्त्री राउतले पत्रकारसँग कुनै प्रतिक्रिया दिन चाहेनन्।

 

प्रकाशित: १८ चैत्र २०७५ ०७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App