राजनीति

उद्धारमा जुटौं : कांग्रेस नेता पौडेल

काठमाडौं–नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले हावाहुरीबाट पीडित बनेकाको उद्धारमा जुट्न आग्रह गरेका छन्। नेता पौडेलले बारा र पर्सामा हावाहुरीबाट पीडित बनेकाको उद्धारमा जुट्न कांग्रेस कार्यकर्ता र आम नेपालीलाई आग्रह गरेका छन्। 

उनले घाइतेको उपचार तथा मृतकको परिवारलाई उचित क्षतिपुर्ती उपलब्ध गराउन पनि आग्रह गरेका छन्। उनले बारा र पर्सामा पीडा भएकाले त्यसमा मलम लगाउने काम आम नेपालीको भएको सामाजिक सञ्जालमा लेखेका छन्।

‘राति भएको भिषण हावाहुरीमा परी मृत्यु हुने सम्पूर्णमा श्रद्धाञ्जली साथै घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना गर्दछु। अहिले त्यस क्षेत्रमा ठूलो पीडा छ। हामी सबै मिलेर सहयोगमा जुट्न अनुरोध गर्दछु’, सामाजिक सञ्जालमा उनले लेखेका छन्।

प्रकाशित: १८ चैत्र २०७५ ०७:०० सोमबार

कांग्रेस पीडित उद्धार हावाहुरी प्रदीप_पौडेल