राजनीति

धर्म स्वतन्त्र हुनुपर्छः महामन्त्री कोइराला

पाल्पा- ‘नेपाली कांग्रेसले कहिले पनि हिन्दूराष्ट्र हुनुपर्छ भनेको छैन, धर्म स्वतन्त्र हुनुपर्छ, नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले भने, कांग्रेसको चाहाना धार्मीक स्वतन्त्रता नै प्रमुख हो। कांग्रेसको झण्डाको चार तारामा एक तारा धर्म स्वतन्त्रताको प्रतिक हो।’

नेपाल प्रेस युनियन पाल्पा शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसद समेत रहेका महामन्त्री कोइरालाले केपी ओली होली वाईन खाएर बस्छन्, तर जनता विरोध गर्दैनन्। अनि कहाँबाट हिन्दुराष्ट्र हुन्छ। हिन्दुराष्ट्र जनतालाई चाहिन्छ भने जनताले नै आन्दोलन गर्नुपर्छ। उनले भने, ‘कांग्रेसमा महाधिवेशनको चर्चा चलेको तर उम्मेदवारी के मा भन्ने कुरा साथीहरुसँग सरसल्लाह गरेरमात्र टुङ्गो लाग्छ।’ सिके राउतसँग दुर्भाग्यवस सम्झौता सरकारले गरेको बताए। जसले छुट्टै राज्य खोजे उसँग सम्झौता गरेको छ। बरु विप्लवसँग वार्ता गरेर उनीहरु पनि राजनीतिको मूलधारमा ल्याउन जरुरी छ।

 ‘शक्तिशाली दुई तिहाईको दम्भ भएको सरकारले गरेको काममा जनता कत्ति पनि सन्तुष्ट छैनन्। कुनै पनि पार्टी सन्तुष्ट छैनन्, महामन्त्री डा. सशांक कोईरालाले भने, मूल्य आकाशिएको छ। भष्ट्राचारीहरु बढेर गएका छन्। निर्मला पन्तका बलत्कारीलाई कारवाही गर्न सकिरहेको छैन, सरकार। यसले जनतामा आशाभन्दा निराशा फैलाएको छ। ’

वाईड बडीमा करौंडौं अर्वौं भष्ट्राचार भएको छ । केपी ओलीले न्यायपालिकालाई पनि आफ्नो अधिनमा राख्न खोजेको छ। सुरक्षा निकायको वागडोर आफ्नो पक्षमा पारेर सर्वसत्तावादी चरित्र प्रधानमन्त्रीले प्रदर्शन गरिरहनुभएको आरोप कोईरालले लगाए। उनी भन्छन्, ‘संघीयतामा हामी गसकेका छौं। अधिकारको विकेन्द्रीकरणको अन्तिम विन्दु संघियतामा गैसकेपछि प्रदेश र स्थानीय तहलाई पनि अधिकार दिनुपर्छ। तर सबै कुरा केन्द्रले नियन्त्रण गरिरहेको छ। जुन कुरा दुर्भाग्यपूर्ण हो।’

प्रकाशित: १८ चैत्र २०७५ ०५:२५ सोमबार

कांग्रेस महामन्त्री धर्म