राजनीति

कार्यकर्ता रिहाई नगरे आन्दोलनमा उत्रने नेविसंघको चेतावनी

काठमाडौं–नेपाल विद्यार्थी संघले पक्राउ परेका आफ्ना विद्यार्थी नेता रिहा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। पोखरा विश्वविद्यालयको लापरवाहीका कारण विद्यार्थीको भविष्य नै अन्योलमा परेको भन्दै नेविसंघका नेताहरु आइबतार आन्दोलनमा उत्रिएका थिए। 

पोखर विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा ‘माफिय’ लेख्ने क्रममा पक्राउ परेका नेतालाई रिहाई नगरे आन्दोलन गर्ने नेविसंघको चेतावी छ। निवर्तमान महासचिव कुन्दनराज काफ्लेले पत्रकार सम्मेलन गर्दै बिना सर्त आफ्ना नेता तथा कार्यकर्ता रिहाई गर्न माग गरेका हुन्।

केही क्याम्पसले ‘ग्रेड सि’भन्दा ल्याउने विद्यार्थीलाई पनि नियमविपरीत भर्ना गरेको र परीक्षा दिनबाट वञ्चित गराएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए। 

४२ क्याम्पसहरुका ३९१ विद्यार्थी भर्ना भए पनि कम ग्रेड ल्याएको भन्दै परीक्षा दिन पाएका छैनन्। यसरी विद्यार्थीको भविष्य अन्योल पार्ने क्याम्पसहरुलाई कारवाही गर्न काफ्लेले माग गरे।

‘यस्ता विद्यार्थीको रजिष्टेसन नहुने ६ महिनाअघि नै जानकारी हुँदा हुँदै निकास दिन नसक्ने क्याम्पसलाई छानविन गरी कारवाही गर्नुपर्छ’, काफ्लेले भने, ‘अन्यथा हामी आन्दोलनमा उत्रन बाध्य हुन्छौं।’ पीडित विद्यार्थीहरुको भविष्यतर्फ सोच्न पनि पोखरा विश्वविद्यालयलाई नेविसंघले आग्रह गरेको छ। 

प्रकाशित: १७ चैत्र २०७५ ११:२७ आइतबार

नेविसंघ पक्राउ रिहा