राजनीति

हार्वड विश्वविद्यालयमा कक्षा लिँदै गगनले भने, ‘अत्यन्तै युवा महसुस गरिरहेको छुँ’

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद गगन थापा छोटो कक्षा लिन अमेरिका पुगेका छन्। 

काठमाडौंस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार थापाले अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हार्वड केनेडी स्कुलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन’ शीर्षकको कक्षा लिइरहेका छन्। यो कक्षा एक हप्तामा पुरा हुने छ। 

कक्षा लिँदै नेता थापाले भनेका छन्, ‘मलाई युवा रहिरहनु छ र सिकाइ एक यस्तो विषय हो जसले युवा रहन सहयोग गर्छ। सिकाइ तथा कक्षामा फर्कन पाउँदा मैले आफूलाई अत्यन्तै युवा महसुस गरिरहेको छुँ। एकदमै रमाइलो लागेको छ।’ 

प्रकाशित: १५ चैत्र २०७५ १२:४१ शुक्रबार

गगन_थापा हार्वड_विश्वविद्यालय कक्षा युवा