राजनीति

परराष्ट्रसचिव स्तरीय बैठक जारी, दुई देशका सचिवसहितका अधिकारी सहभागी

काठमाडौं - भारतीय विदेश सचिव विजय केशव गोखले नेपाल आएर परराष्ट्रसचिव स्तरीय बैठकमा जुटेका छन्।  विदेश सचिव गोख्ले नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा बिहीबार काठमाडौँ आएर आफ्ना नेपाली समकक्षी शङ्करदास वैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न लागेका हुन्।
 
त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ। उनी र पराराष्ट्र सचिव शंकरदास वैरागीबीच आजै भेट हुने कार्यक्रम रहेको छ।  यस्तै भारतको सहयोगमा सुरु भएका परियोजनाका बारेमा पनि छलफल हुने बताइएको छ।

रेलवे, जल यतातयात, भूकम्प पछिको पुननिर्माण, अरुण तेस्रो, पञ्चेश्वर परियोजना, माथिल्लो कर्णाली लगायतका विषयमा पनि छलफल हुने कार्यक्रम रहेको छ।

करीब १५ महीनाअघि विदेश सचिवमा नियुक्त गोख्लेको यो पहिलो औपचारिक भ्रमण हो । भारतको विदेश सचिवमा नियुक्त भएपछि पारस्परिक विषयमा छलफल गर्न नयाँ दिल्लीबाट उच्च कूटनीतिक अधिकारीले नेपाल भ्रमण गर्ने परम्परा छ।  सचिव गोख्लेका साथ सहसचिव सुधाकर दलेला पनि भ्रमण दलमा सहभागी छन्।

 

प्रकाशित: १४ चैत्र २०७५ ०६:२९ बिहीबार

परराष्ट्रसचिव_स्तरीय_बैठक विजय_केशव_गोखले