राजनीति

कांग्रेस नेता सिटौला डिस्चार्ज

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला स्वाथ्यमा सुघार भई अस्पतालबाट डिस्चार्ज भएका छन्।

उनी मंगलवार बिहान अस्पतालबाट डिस्चार्ज भएको उनका सहयोगी किरण सिटौलाले जानकारी दिए।

उनको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा आइसियुमा राखेर उपचार गरिएको थियोे।

प्रकाशित: १२ चैत्र २०७५ ०३:०९ मंगलबार

नेपाली_कांग्रेस कृष्णप्रसाद_सिटौला डिस्चार्ज