राजनीति

कांग्रेसले बोलायो दलको बैठक

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार संसदीय दलको बैठक बोलाएको छ।

संसदीय दलको कार्यालय सिंहदरबारमा मध्ह्न १२ बजेका लागि बोलाइएको बैठकमा हिउँदे अधिवेशनको समापनसँगै कांग्रेसले त्यसको समीक्षा र आगामी अधिवेशनको तयारीका विषयमा छलफल गरिने पार्टीले जानकारी दिएको छ।

त्यसका साथै दलको बैठकले संसदमा छलफलको क्रममा रहेका विधेयक र पार्टीले अपनाउने रणनीतिका विषयमा पनि छलफल हुनेछ।

प्रकाशित: ११ चैत्र २०७५ ०२:२९ सोमबार

नेपाली_कांग्रेस संसदीय_दल सिंहदरबार