राजनीति

संसद अधिवेशन अन्त्य

काठमाडौं – संघीय संसदन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन आइतबारदेखि अन्त्य भएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार रातिबाट लागू हुनेगरी संसद् अधिवेशन अन्त्यको पत्र संसद् सचिवालयमा पठाएकी थिइन्। आइतबारको संसद् बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिको पत्र पढेर सुनाउँदै अधिवेशन अन्त्य भएको जानकारी गराएका थिए।

पुस ११ गतेबाट सुरु भएको यो अधिवेशनमा प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ३९ विधेयक दर्ता भएका थिए। प्रतिनिधिसभामा २३ विधेयक दर्ता भएका थिए। जसमा सरकारी विधेयक ८ वटा थिए भने ७ वटा विधेयक समितिमा छन्। राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभाको दोस्रो र यस अधिवेशनमा प्राप्त भएका विभिन्न ८ विधेयक मध्ये ४ वटा विधेयक प्रतिनिधिसभाबाट पारित भएका छन्।

प्रकाशित: ११ चैत्र २०७५ ०२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App