राजनीति

प्रधानमन्त्रीले भने : भूमिगत बसेर क्रान्तिको सपना नदेख्नुस्

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई कानूनको कठघरामा ल्याउने बताएका छन्। आइतबार संसदलाई सम्वोधन गर्दै उनले विप्लवलाई वार्तामा आउन र हतियार बुझाउन समेत आग्रह गरे।

विप्लव समूहको चन्दा, विस्फोट जस्ता गतिविधिलाई सरकारले छुट नदिने बताउँदै प्रधानमन्त्रीले सरकारको व्याक गियर नभएको बताए।

संसदमा बोल्दै उनले देशमा अशान्तिको शृङखला नरहने बताए। उनले सबैलाई लोकतान्त्रिक आचरण अनुसार चल्न सुझाए। उनले विप्लवलाई भूमिगत बसेर क्रान्ति गर्ने सपना नदेख्न आग्रह गर्दै श्रीकृष्ण र रामले पनि सुदर्शन चक्र र धनुवाण बोकेको भन्दै शान्तिपूर्ण तरिका नमान्नेलाई हतियार प्रयोग गर्नु परेको प्रष्टाए।

राजतन्त्रबारे जनमतसंग्रह हुन नसक्ने उनले बताए। जनताले रगत बगाएर गणतन्त्र ल्याएको भन्दै उनले लोकतन्त्रवादीले नै जनमत संग्रहको वोली नबोल्न आग्रह गरे।

प्रकाशित: १० चैत्र २०७५ ११:५३ आइतबार

प्रधानमन्त्री सरकार विप्लव