राजनीति

कांग्रेस नेता सिटौला अस्पताल भर्ना

काठमाडाैं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्वस्थ भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

रगतमा हेमोग्लोबिनको मात्र कम भएपछि सिटौलालाई धुम्बाराहीस्थित हेम्स अस्पतालमा भर्ना गरिएको उनका सहयोगी किरण सिटौलाले जानकारी दिए।

उनका अनुसार सिटौलाको रक्तचाप पनि घटेको छ। उनको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ।

प्रकाशित: ८ चैत्र २०७५ १४:०१ शुक्रबार

नेपाली_कांग्रेस कृष्णप्रसाद_सिटौला अस्वस्थ अस्पताल_भर्ना