राजनीति

‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक’ बहुमतले पारित

फाइल तस्बिर

काठमाडाैं- राष्ट्रियसभाको आजको बैठकले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ पारित गरेको छ। संशोधन प्रस्तावकर्ता सांसद राधेश्याम अधिकारीले राख्नुभएको प्रस्तावलाई अस्वीकृत गर्दै बहुमतले सो विधेयक पारित गभएको हो।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक राष्ट्रियसभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पेश गरेका थिए।

विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५’ र ‘भू–उपयोग विधेयक, २०७५’ प्रतिनिधिसभाबाट आएको सन्देशसहितको प्रतिवेदन पेश गरेका थिए। राष्ट्रियसभाको अर्को बैठक चैत १० गते आइतबार ११ बजे बस्ने छ। 

प्रकाशित: ८ चैत्र २०७५ १२:१४ शुक्रबार

विदेशी_लगानी_तथा_प्रविधि_हस्तान्तरण_विधेयक राष्ट्रियसभा पारित