राजनीति

कांग्रेस केन्द्रीय अनुशासन समिति संयोजकमा आङ्दम्बे

काठमाडाैं - सोमबार दिउँसो बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ढिला गरी राति साँढे ८ बजे बसेको छ।

केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले भीष्मराज आङ्दम्बेको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति सर्वसम्मतिले गठन गरेको छ। जसमा किशोरसिंह राठौर, देवेन्द्रराज कँडेललाई सदस्य बनाइएको छ। समितिमा पाँच जना हुनुपर्नेमा ३ जना सभापति शेरबहादुर देउवा समूहबाट (संयोजकसहित) बाँकी संस्थापनइतर समूहबाट समितिमा लगिने छ।

आङ्दम्बेको नामबाट संस्थापन समूह पछि नहट्ने भएपछि संस्थापन समूहइतर समूह केही लचिलो बन्दै अनुशासन समितिले हरेक निर्णय सर्वसम्मत रुपमा गर्ने निर्णयसहित इतरसमूह समिति गठन तयार भएको हो। अनुशासन समितिको सहमतिबाट बाँकी सदस्य पछि थपिने बैठकले निर्णय गरेको छ।

बैठक भोलि दिउँसो पुनः बस्ने जनाइएको छ।आजको बैठकमा केन्द्रीय सदस्यहरु बालकृष्ण खाँण, रमेश रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, भीष्मराज आङ्दम्बे, अजयकुमार चौरिसिया, शंकर भण्डारी, ईश्वरी न्यौपाने, मोहनबहादुर बस्नेत र वीरबहादुर बलायरले आ–आफ्नो धारणा राखेका थिए। 

प्रकाशित: ४ चैत्र २०७५ १५:१९ सोमबार

कांग्रेस भीष्मराज_आङ्दम्बे संस्थापन_समूह केन्द्रीय_कार्यसमिति_बैठक