राजनीति

सरकार अलमलिएको छैन् : रक्षामन्त्री पोखरेल

सोलुखुम्बु – सरकारका उपप्रधान तथा रक्षामनत्री ईश्वर पोखरेलले सरकार सम्बृद्धिकै यात्रामा अघि बढेको बताए। जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको श्रीमत भागवत् महायज्ञ उद्घाटन कार्यक्रममा रक्षामन्त्री पोखरेलले सरकार आवश्यक कानुन निर्माणमा व्यस्त भएकाले अलमलिएको जस्तो देखिएको बताए।

‘सरकार अलमलिएको जस्तो देखिएपनि सम्बृद्धिकै यात्रामा अघि बढिरहेको छ।’ उनले भने आवश्यक कानुन निर्माण पछि सरकारको गति अझ बढ्छ। उनले ‘सम्बृद्ध नेपाल, सुखि नेपाली’को यात्रामा रहेकाले सम्बृद्धिको गन्तव्यमा पुग्ने बताए।

रक्षामन्त्री पोखरेलले जेष्ठ नागरिक भक्ता मासिक पाँच हजार पु¥याउने चुनाबी प्रतिबद्धता छिट्टै पुरा गर्ने दाबी गरे। ‘कतिपयले बृद्धभक्तालाई विषय बनाएर सरकारको गलत प्रचार गरिरहेको छ।’ उनले भने, नेकपाको सरकारले केहि समयमै बृद्ध भक्ता बृद्धि गरेर देखाउने छ।’ जेष्ठ नागरिकलाई ढुक्क हुन समेत आग्रह गरे।

उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले दिगो विकासका लागि जनप्रतिनिधि गोठालो बन्न तयार हुनुपर्ने बताए। जनप्रतिनिधिको निगरानी विना दिगो विकास संभव नभएको भन्दै मन्त्री पोखरेलले विकासमा गोठालो बनेर नागरिकलाई परिर्वतनको आभाष दिलाउन तर्फ लाग्न जनप्रतिनिधिलाई आग्रह गरे।

प्रकाशित: ३ चैत्र २०७५ ०२:१८ आइतबार

रक्षामनत्री_ईश्वर_पोखरेल थुलुङ_दुधकोशी_गाउँपालिका सरकार