राजनीति

सरकार र विप्लवलाई शान्तिपूर्ण समाधान निकाल्न कांग्रेसको आग्रह

काठमाडौं- नेपाली कांग्रेसले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई शान्तिपूर्ण राजनीतिमा आउन आव्हान गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस सबैखालै विमतिको हल राजनैतिक संवादको माध्यमबाट खोज्न सकिन्छ र शान्ति, सहमति एवं सहकार्यको मार्गबाट मात्रै मुलुकको समग्र प्रगति हुने मान्यता र दर्शनमा विश्वास राख्दछ भनिएको छ।

कांग्रेसले हत्या, हिंसा र चन्दा आतङ्कको बाटो परित्याग गर्न नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह गरेको छ।

नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व भए पनि त्यसका नाममा संविधान विपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न सकिने भन्दै सरकारलाई वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्ने सक्षम शासकीय सुयोग्यता प्रस्तुत कांग्रेसले आग्रह गरेको छ।

यस अघि कांग्रेस  सभापति शेरबहादुर देउवाले पाल्पाको कार्यक्रम मार्फत 'निषेधले होइन वार्ताले समाधान' भनेका छन् भने नेता रामचन्द्र पौडेलले कपिलवस्तुको कार्यक्रम मार्फत 'विद्रोहीलाई विश्वासमा लिन नेकपाका दुई अध्यक्षलाई विशेष योग्यता प्रस्तुत गर्न' अपिल गरिका छन्।

‘नेपाली कांग्रेस पार्टीको साझा विश्वास र साझा धारणा 'शान्तिपूर्ण वार्ताबाट शान्तिपूर्ण समाधान' रहेको तथ्य पुनः प्रष्ट्याउँदै दुबै कम्युनिष्ट पार्टीलाई लामो हिंसाबाट जर्जर भएर भर्खरै शान्तिको सास फेरि रहेको मुलुकमा फेरी नागरिक जीवन माथि खेलवाड नगर्न सचेत गराउँदछ’, विज्ञप्तिमा भनिएको छ।

 

प्रकाशित: २ चैत्र २०७५ ११:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App