राजनीति

सरकारले निषेधको राजनीति गरेर मुलुकमा द्धन्द निम्त्यायो : नेता खाँण

बुटवल- नेपाली काग्रेसका नेता तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले संवाद र वार्ताबाट निकास निकाल्नुको साटो प्रतिबन्धको नीति अवलम्बन गरेर मुलुकमा द्धन्द र मुठभेड निम्त्याएको आरोप लगाएका छन्। विप्लव नेतृत्वको नेकपालाइ निधेष गरीहाल्नु पर्ने अवस्था नरहेको भन्दै नेता खाँणले निषेधको राजनीतिले द्धन्दलाइ अभिप्रेरित गरेको बताएका हुन्।

 नेपाल प्रेस युनीयन रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रिय सदस्य खाँणले भने ‘सरकारले राजनीतिक शक्तिलाइ सहमतीमा ल्याउनुको सटो बार्ता र संवादको ढोका बन्द गरेर झनै उत्तेजित बनायो।’  सरकारले नै मुलुकलाइ द्धन्दमा धकेलेको उनको दावी छ। राज्य बिद्रोह तथा द्धन्दलाइ देश र जनताले थेग्न नसक्ने भन्दै उनले विप्लव नेतृत्वको नेकपालाइ पनि बार्ता र सहमतीबाटै समाधान खोज्न आग्रह गरे। ‘मुलुक सबैको साझा हो ।  राष्ट्रिय एकता र स्वाधीनतालाइ रक्षा गर्ने काम सबैको भएकाले विप्लव नेतृत्वको नेकपालाइ  काँग्रेसको तर्फबाट आग्रह गर्न चाहान्छु आब्हन गर्न चाहान्छु राष्ट्रिय राजनीतिको मुल प्रवाहमा आउनुस्।  सहमतीबाटै निकास निकाल्नुस।’ सरकारले पनि कुनै राजनीतिक शक्तिप्रति निषेधको राजनीति गर्न नहुने भन्दै  उनले सम्मानजनक व्यवहार र बार्ताबाटै निकास निकाल्नु पर्नेमा जोड दिए।

सिके राउतसंग भएका सहमतीका बुँदाहरुमा अस्पष्टता रहेको भन्दै नेता खाँणले मुलकलाइ खण्डित गर्ने मुद्दामा जनमतसंग्रह हुनै नसक्ने बताए। ११ बुँदे सहमतीमा संविधानमै नभएको व्यवस्थामा पनि सरकारले  प्रतिवद्धता जनाएको आशंका गर्ने ठाँउ प्रसस्त रहेको भन्दै नेता खाँणले सरकारले यसबारेमा स्पष्ट पार्नु पर्ने बताए। जनकपुरमा सिकेका कार्यकर्ताको प्रदर्शन र नाराहरुले पनि ती आशंकालाइ बढावा दिएको उनको भनाइ थियो।

फरक प्रसंगमा नेता खाँणले कुनैपनि  भ्रष्टाचारलाइ माफी दिने र ढाकछोप गर्ने पक्षमा नेपाली काँग्रेस नरहेको पनि बताए। ठूला विकास निर्माणका कामकालागि प्रधानमन्त्रीको अध्यक्षतामा संयन्त्र बनाएर सिधै तोक लगाउने र ठेक्का पट्रटा गर्ने गरी  ल्याइएको बिधेयक नेपाली काँग्रेसले कुनै पनि हालतमा स्वीकार नगर्ने बताए। सो बिधेयकले भ्रष्टाचारलाइ बढावा दिने र विकासलाइ प्रभावित पार्ने भएकाले काँग्रेसले त्यसलाइ जस्ताको तस्तै पास गर्न नदिने उनको भनाइ थियो ।नेता खाँणले काँग्रेसले सदनमा रचनात्मक र सकारात्मक प्रतिपक्षको भुमीका निर्वाह गरीरहेको बताए ।नेता खाँणले प्रदेश ५ को स्थाइ राजधानी र नामको बिषयलाइ प्रदेश सभाले  छिटो टुङ्गयाउनु पर्नेमा पनि जोड दिए । नेता खाँणले अन्तराष्ट्रिय बिमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनीसंगै पुर्वाधार विकास र सुगमताका हिसावले रुपन्देहीलाइ नै स्थायी राजधानी बनाउनु पर्नेमा जोड दिए ।

प्रकाशित: २ चैत्र २०७५ ०५:२६ शनिबार

कांग्रेस विप्लव निषेध राजनीति