राजनीति

विप्लवसँग पार्टी एकता हुनसक्छ : गोपाल किराँती (भिडियाे)

काठमाडौं– गोपाल किराँती समूहको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे नेकपा समूहसँग पार्टी एकता हुनसक्ने बताएकाे छ। आठौँ महाधिवेशनको निर्णय सार्वजनिक गर्न रिपाेर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष किराँतीले भने, "किरण (माेहन वैद्य) कमरेडसँग हाम्रो छलफल भइरहेकै छ। विप्लवजीको समूहलाई सरकारले प्रतिवन्ध लगाएको छ। तर हामीले पार्टी एकताका लागि निरन्तर छलफल जारी राखिरहेका छौं।"

किराँतीले नेकपा सरकारले जनविरोधी क्रियाकलाप गरिरहेको भन्दै त्यसका विरुद्ध सातवटै प्रदेश राजधानीमा हड्लाल गर्ने चेतावनी समेत दिए। किराँती नेतृत्वको माओवादी केन्द्रले जनजिविका, राष्ट्रिय स्वाधिनतालाई भन्दा सरकारले विखण्डनलाई जोड दिएको आरोप लगाएको छ। सरकार र सीके राउतबीच भएको सहमतिले विखण्डनकारी प्रावधान हटाउन माग गर्दै माओवादी केन्द्रले स्वतन्त्र मधेसलाई वैधानिकता दिएको आरोप लगाएको छ। 

त्यस्तै, विप्लव नेतृत्वको नेकपालाई सरकारले लगाएको प्रतिबन्ध समेत हटाउन माग गरेको छ। पत्रकार सम्मेलनमा अध्यक्ष किराँतीले वार्तामार्फत समाधान खोज्न सरकार र विप्लव नेतृत्वको नेकपालाई आग्रह समेत गरेको छ। 

प्रकाशित: १ चैत्र २०७५ ११:४६ शुक्रबार

(विप्लव_समूह गोपाल_किराँती नेपाल_कम्युनिष्ट_पार्टी एकता