राजनीति

सामुदायिक वनमा डढेलो

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२, जालपास्थित सालघारी सामुदायिक वनमा आगो लागेको छ । सामुदायिक वनमा बुधबार दिउँसोदेखि डढेलो लागेको हो।

हावाहुरी चलेको समयमा वनमा आगो लागेकाले नियन्त्रणमा लिन कठिन भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ का वडाध्यक्ष विकास राईले बताए। डढेलो नियन्त्रणका लागि प्रहरीचौकी जालपाबाट प्रहरीसमेत खटिएका छन्।

डढेलोले सामुदायिक वन सखाप भए पनि बस्ती जोखिममा नरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएपी राजकुमार केसीले बताए । वनमा डढेलो लाग्नुको कारण खुल्न सकेको छैन ।

प्रकाशित: १ चैत्र २०७५ ०१:५१ शुक्रबार

सामुदायिक_वन डढेलो