राजनीति

राजदूतद्वय आचार्य र कार्की मन्त्रीकै मर्यादामा

काठमाडौं – सरकारले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र अमेरिकाका लागि राजदूत अर्जुनकुमार कार्कीलाई मन्त्रीसरहको सुविधा दिने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राजदूतद्वयका लागि मन्त्रीस्तरको मर्यादा कामय गर्ने निर्णय गरेको हो।

बैठकले सार्क सचिवालय काठमाडौ र बिम्स्टिेक सचिवालय ढाकामा एक गरी परराष्ट्र सेवामा दुई वटा उपसचिवको पद सिर्जना गर्ने निर्णयसमेत गरेको छ। त्यस्तै बैठकले विदेशस्थित नेपाली नियोगमा सरुवा भई जाने नियोग प्रमुख तथा अधिकृतहरुले आफूसँगै लैजाने अर्धली फिर्ता ल्याउनुपर्ने निर्णय गरेको छ। त्यसका लागि अर्धलीको राहदानी बुझाउने करारनामा गर्ने गरी साधारण राहदानीको सट्टा विशेष राहदानी उपलब्ध गराउने निर्णय पनि गरेको छ।

 

प्रकाशित: १ चैत्र २०७५ ०१:३८ शुक्रबार

सरकार राजदूत मन्त्री मर्यादा