राजनीति

शंकास्पद वस्तु डिस्पोज

बर्दिया– पूर्वपश्चिम–राजमार्ग अन्तर्गत बर्दियामा फेला परेको  शंकास्पद बस्तु फेला सेनाले डिस्पोज गरेको छ। कुकरमा राखिएको वस्तु बम हुने आंशकामा सेनाले डिस्पोज गरेको प्रहरीले जनाएको छ।

बासगढी नगरपालिका–३ मा पर्ने डडुवाखोलामा शंकास्पद वस्तु फेला परेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए। उनका अनुसार सेनाको अधिकृतको नेतृत्वमा खटिएको टोलीले बम डिस्पोज गरेको छ।

 

प्रकाशित: ३० फाल्गुन २०७५ १२:५९ बिहीबार

शंकास्पद_वस्तु डिस्पोज