राजनीति

सकेट बम फेला, सेनाद्वारा डिस्पोज

बागलुङ– बागलुङ बजार नजिकै सडकमा बिहीबार दिउँसो सकेट बम फेला परेको छ। बागलुङ नगरपालिका–४ को हाडेपाखामा भेटिएको करिब एक फिट लामो सकेट बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको मेजर गोविन्द थापाले बताए।

पुष्पलाल मध्यपहाडी लोकमार्गको मुख्य सडकमा शंकास्पद वस्तु फेला परेपछि स्थानीय सशंकित भएका छन्। उक्त बम विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले राखेको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।

नेपाल बन्दका कारण सडक सुनसान भएकाले सवारी आवागमन ठप्प छ। बन्दका कारण जिल्लाका शैक्षिक संस्था पनि बन्द भएका छन्।

 

प्रकाशित: ३० फाल्गुन २०७५ ११:४८ बिहीबार

सकेट_बम डिस्पोज बागलुङ