राजनीति

विप्लव माओवादीले भन्यो 'चन्दा उठाउन पाउँनुपर्छ'

काठमाडौं - नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले सरकारको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाउँदै  प्रेस विज्ञप्ति निकालेको छ।  सरकारको प्रतिबन्धपछि  विज्ञप्ति जारी गर्दै विप्लव समूहले चन्दा उठाउनुलाई आफ्नो नैसर्गिक अधिकार भएको दाबी गरेको छ।

जारी विज्ञप्तिमा भनिएकाे छ,'क्रान्तिकाे लागि चन्दा उठाउँन पाउँनु पर्छ।' पछिल्लो समयमा देशभर विप्लव समूहले तोडफोड र आगजनी गरेपछि सरकार विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णयमा पुगेको हो। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हिंसा र चन्दा आतंक बढाएको तर्क गर्दै विप्लव नेतृत्वको समूहमाथि  प्रतिबन्धको निर्णय गरेको थियो।तर, विप्लव समूहले राष्ट्र र जनताका लागि लडेकाले चन्दा उठाउनुलाई आफ्नो नैसर्गिक अधिकार भएको प्रतिक्रिया जारी विज्ञप्तिमा दिएको छ।

सरकारले आफ्नो संगठनप्रति भ्रम सिर्जना गराएको भन्दै उसले दिग्भ्रमित नहुन र सहयोगलाई निरन्तरता दिन पनि सबैलाई अपिल गरेको छ।

प्रकाशित: ३० फाल्गुन २०७५ ०२:२६ बिहीबार

नेत्र_विक्रम_चन्द विप्लव नेकपा