राजनीति

राजदूत आचार्यद्वारा ओहदाको पत्र पेश

काठमाडौ - भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय राष्ट्रपतिसमक्ष ओहदाको प्रमाण–पत्र बुझाएका छन्। बुधबार राष्ट्रपति भवन नयाँ दिल्लीमा आयोजित विशेष कार्यक्रमका बीच राजदूत आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई ओहदाको पत्र बुझाएका हुन्।

ओहदाको प्रमाण ग्रहण गर्दै राष्ट्रपति कोविन्दले आचार्यलाई स्वागत गरेका थिए। त्यस क्रममा उनले नेपाल–भारतबीच सदियौं पुरानो सम्बन्ध र दुई देशका जनताबीचको सम्बन्धका बारेमा उल्लेख गरेका थिए। भेटमा राजदूत आचार्यले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली जनताका तर्फबाट शुभकामना तथा अभिवादन सन्देश सुनाएका थिए।

प्रकाशित: ३० फाल्गुन २०७५ ०१:३८ बिहीबार

नेपाली_राजदूत निलाम्बर_आचार्य राष्ट्रपति