राजनीति

गिरिशचन्द्रलाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं - प्रतिनिधिसभाको आइतबारको बैठकमा राष्ट्रिय जनता पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। संसद्मा समय माग गर्दै राजपाका महेन्द्र राय यादवले तराई मधेसमा भएको आन्दोलनको छालनबिन गर्न गठन भएको सर्वोच्च अदालतका पूर्वन्यायाधिश गिरिशचन्द्रलालको संयोगकत्वमा भएको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे। उनले सभामुखलाई यसबारे रुलिङ गर्नसमेत आग्रह गरे। सभामुख महराले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गरेका थिए। गृहमन्त्री रामबहादुर थापाले यो प्रतिवेदन सार्वजनिक गर्ने बचन दिएका थिए। यसैगरी राजपाका महेन्द्र राय यादवले सरकारले स्वतन्त्र मधेस गठबन्धनसँग भएको सम्झौतामा जनमत संग्रहको कुराबारे स्पष्ट गर्नसमेत माग गरे।

प्रकाशित: २७ फाल्गुन २०७५ ०२:४४ सोमबार

प्रतिनिधिसभा लाल_आयोग प्रतिवेदन सार्वजनिक