राजनीति

सीके राउतसँग गरेको सहमति अपारदर्शी : नेता सिंह

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पृथकतावादी आन्दोलनमा लागेका सीके राउतसँग सरकारले अपारदर्शी रूपमा सम्झौता गरेको बताएका छन्।

शनिवार राजधानीमा आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेसको नेतृत्वमा जारी भएको संविधान मान्छु भनेर राउत आउनु राम्रो भए पनि सम्झौताबारे संसदमा रहेका दलहरूलाई गुपचुप राखिएकोमा असन्तुष्टि जनाए। 

शुक्रबार सीके राउतसँग भएको सम्झौतालाई लिएर नेकपाभित्रै मतभेद देखिएको भन्दै नेता सिंहले सहमतिको बारेमा भविष्यमा गतिविधि हेरेर मात्र भन्न सकिने बताए। उनले सम्झौतामा उल्लेख भाषा त्रुटिपूर्ण रहेको भन्दै नेकपाभित्रै विवाद शुरू भएको बताए। 

सम्झौता गर्दा संसदका दलहरूलाई थाहै नदिनुले केही शंका भने उत्पन्न भएको उनको भनाइ थियो।

प्रकाशित: २५ फाल्गुन २०७५ १२:३१ शनिबार

नेपाली_कांग्रेस प्रकाशमान_सिंह सीके_राउत पृथकतावादी_आन्दोलन