राजनीति

देउवा र पाैडेलले ताताेपानीमा लगाए डुबुल्की

तस्बिर : रासस

काठमाडाैं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले म्याग्दीस्थित तातोपानी कुण्डमा स्नान गरेका छन्। नेपाली कांग्रेस म्याग्दीको कार्यालय बिपी स्मृती भवनको उद्घाटन गर्न बेनी पुगेका देउवा र पौडेललेसहित अन्य नेता तथा कार्यकर्तालेसमेत उनीहरुसँगै कुण्डमा स्नान गरेका थिए।

स्नानपछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले कुण्डलाई प्राकृतिक चिकित्साको क्षेत्रमा विश्वभर चिनाउन आवश्यक रहेको बताए। नेपाली कांग्रेसले कुण्डको संरक्षण तथा संवर्द्धनमा पहल गर्ने बताउँदै उनले यस क्षेत्रको प्रचारप्रसार विश्वभरी नै गर्नुपर्नेमा जोड दिए। वरिष्ठ नेता पौडेलले कुण्डमा स्नान गर्दा आफूलाई स्वर्गीय आनन्द प्राप्त भएको प्रतिक्रिया दिए।  कुण्डमा गत मंसिरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापालेसमेत स्नान गरेका थिए।

 

प्रकाशित: २५ फाल्गुन २०७५ ११:५४ शनिबार

नेपाली_कांग्रेस शेरबहादुर_देउवा रामचन्द्र_पौडेल तातोपानी