राजनीति

हिंसात्मक आन्दोलनले परिवर्तन आउँदैन : सीके राउत

काठमाडौं – स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउतले अहिलेको समय हिंसात्मक आन्दोलन गरेर खेर फाल्ने नभई जनमतको  उपयोग गरी जनताको अधिकार हासिल गर्ने बेला भएको बताएका छन्।

शुक्रबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा राउतले आफूहरु जहिले पनि बुद्ध र गान्धीको शान्तिपूर्ण मार्गबाट अगाडि बढेको स्पष्ट पारेका हुन्। नेपालीहरू बुद्धका सन्तान भएकाले अहिंसामा विश्वास गर्ने र आफूले थालकाे सबै शान्तिपूर्ण रहेका समेत दाबी गरेका छन्। 

कार्यक्रमलाई सम्बोधन गर्दै राउतले आफूहरुको आन्दोलन हिंसात्मक नभई जनताको अधिकार प्राप्तिका लागि भएको बताएका छन्। हाम्रो शान्तिपूर्ण आन्दोलनलाई सरकारले स्पेस दिएर ११ बुँदे सहमति गरेकोले आजको दिन ऐतिहासिक रहेको उनकाे भनाइ थियो। 

जुन मुद्दाका विषयमा हामी ज्यादै चिन्तित थियौं ती मुद्दा शान्तिपूर्ण तवरले सम्बोधन गर्न लागेकोमा सरकार, जनता, सबै धन्यवादका पात्र रहेको समेत रावतले बताए। राउत नेतृत्वमा स्वतन्त्र मधेस गठबन्धनले तराई मधेसमा केही समयदेखि आन्दोलन गर्दै आएकाे थियो। 

प्रकाशित: २४ फाल्गुन २०७५ ०८:५६ शुक्रबार

हिंसात्मक_आन्दोलन परिवर्तन डा._सिके_राउत