राजनीति

सिके राउतले त्यागे अलग राष्ट्रको एजेण्डा

काठमाडाैँ - स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष डा. सिके राउतले मधेशलाई छुट्टै राष्ट्र बनाउने एजेण्डा त्यागेका छन्।

तराई–मधेशलाई टुक्रयाएर अलग्गै देश बनाउने एजेण्डा बोकेका डा. राउतसँग वार्ता टोलीले वार्ता गरेपछि उक्त एजेण्डा त्यागिएको सुरक्षा स्रोतले बताएको छ।

सरकारसँग गोप्य रुपमा वार्ता गरेका उनी अन्ततः नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता स्वीकार्न सहमत भएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएको राजनीतिक एवं सुरक्षा स्रोतहरुले पुष्टि गरेका छन्।

कुनै पनि हालतमा नेपालबाट मधेशलाई अलग्याएर छुट्टै राष्ट्र निर्माण गर्ने अभियानमा करिब ९ वर्षदेखि डा. राउत सक्रिय थिए ।

राज्य विराेधी मुद्दामा राउत पटक–पटक समातिँदै आएका थिए । उनीविरूद्ध कुनै ठोस प्रमाण फेला नपरेपछि सर्वोच्च अदालतले पनि सफाइ दिएको थियो । उनलाई बिहीबार मात्र सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।

प्रकाशित: २४ फाल्गुन २०७५ ०५:४७ शुक्रबार

स्वतन्त्र_मधेश_गठबन्धन डा._सिके_राउत