राजनीति

सभामुख महराले भेटे आङछिरिङका परिवारलाई

काठमाडौं - सभामुख कृष्णबहादुर महराले ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका परिवारलाई भेटेका छन्। सोमबार दिउँसो वालुवाटारस्थित शेर्पाको घरमा पुगी सभामुख महराले शेर्पा परिवारलाई सान्त्वना दिएका हुन्।

शेर्पाको निधनले पर्यटन र हवाइ क्षेत्रमा निकै ठूलो क्षति भएको भन्दै सभामुख महराले देशलाई उनको अभाव सधैं खट्किरहने बताए।
पछिल्लो समय नेपालमै पाइलट ट्रेनिङ सेन्टर खोल्ने विषयमा शेर्पा र आफूले छलफल गरिरहेको स्मरण गर्दै सभामुख महराले दाङमा पाइलट ट्रेनिङ खोल्नेबारे शेर्पा र आफुबीच संवाद भएको बताए।

 

प्रकाशित: २० फाल्गुन २०७५ ११:२३ सोमबार

कृष्णबहादुर_महरा हेलिकप्टर_दुर्घटना आङछिरिङ_शेर्पा