राजनीति

मन्त्री अधिकारीको मृत्यु संस्कार सात दिनमै सकिने

पोखरा– मन्त्री रवीन्द्र अधिकारीको मृत्यु संस्कार सात दिनमै सकिने भएको छ। मन्त्री अधिकारी मृत्यु संस्कार १३ दिनबाट घटाएर सात दिनमा झार्नुपर्छ भन्ने अभियान्ता भएका कारण सात दिनमै मृत्युको संस्कार सकिने पारिवारिक स्रोतले जनाएको छ। 

आज तेस्रो दिन भएकाले उनको मृत्यु संस्कार अब चार दिनमा अर्थात २१ गते मंगलबार सकिनेछ। मृत्यु संस्कार घटाउने अभियान चलाउन उनले संस्कृति मन्त्रालयमार्फत समिति नै गठन गरेका थिए।

 

प्रकाशित: १७ फाल्गुन २०७५ १०:३७ शुक्रबार

रवीन्द्र_अधिकारी मृत्यु_संस्कार हेलिकप्टर_दुर्घटना