राजनीति

मन्त्री अधिकारीको शवयात्रा सुरु

पोखरा–मन्त्री रवीन्द्र अधिकारीको अन्त्यष्टिका लागि शवयात्रा सुरु भएको छ। मन्त्री अधिकारीको पार्थिव शरीर अहिले केहीबेरमा रामघाटमा अन्त्यष्टि गरिँदैछ।

त्यसअघि प्रर्दशन केन्द्रमा अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर राखिएको थियो। शवयात्रा नयाँ बजारबाट महेन्द्र पुल–रानीपौवा हुँदै क्षेत्रीय अस्पताल मार्गबाट रामघाटमा पुर्याएर अन्त्यष्टि गरिने बताइएको छ। 

उनको शवयात्रामा नेकपा नेता, कार्यर्तासँगै अन्य दलका नेता तथा सर्वसधारको बाक्लो उपस्थिति छ। 

 

प्रकाशित: १७ फाल्गुन २०७५ १०:२० शुक्रबार

रवीन्द्र_अधिकारी श्रद्धाञ्जली शवयात्रा