राजनीति

नेकपा संसदीय दलद्वारा शोक प्रस्ताव पारित

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकले ताप्लेजुङमा भएको दुर्घटनामा निधन भएका प्रति शोक प्रस्ताव पारित गरेको छ। 

संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले नेकपा सांसद तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए। 

दुर्घटनामा मृत्यु भएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैठक सकिएको उनले बताए। बैठकमा नेकपा संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए।

प्रकाशित: १७ फाल्गुन २०७५ ०९:११ शुक्रबार

नेकपा_संसदीय_दल रवीन्द्र_अधिकारी श्रद्धाञ्जली