राजनीति

मन्त्री अधिकारीको पर्थिव शरीर पोखरा लगियो, रामघाटमा अन्त्यष्टि गरिने

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर गृहजिल्ला पोखरा लगिएको छ। दाहसंस्कारका लागि उनको पार्थिव शरीर पोखरा लगिएको हो। 

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीसहित सात जनाको पार्थिव शरीर आज बिहान ८ बजेदेखि श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको थियो। 

मन्त्री अधिकारीको शवलाई पोखरामा केहीबेर श्रद्धाञ्जलीका लागि राखिने छ भने आजै रामघाटमा दाहसंस्कार गरिनेछ। 
यस्तै, मन्त्री अधिकारलाई श्रद्धाञ्जली दिन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पोखरा जाने छन् भने नेकपाले पनि वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई श्रद्धाञ्जलीका लागि पोखरा पठाएको छ।

 

प्रकाशित: १७ फाल्गुन २०७५ ०६:११ शुक्रबार

रवीन्द्र_अधिकारी हेलिकप्टर_दुर्घटना श्रद्धाञ्जली