राजनीति

देउवाकाे प्रश्न : प्रधानमन्त्री ओलीले भन्दैमा जंगलमा राजधानी हुन्छ ?

फाइल तस्बिर।

कैलाली - कांग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको राजधानी उपर्युक्त ठाउँमा नभएको बताएका छन्। विश्वमा जलवायु परिवर्तनले असर गरिरहेको बेला जंगल फाँडेर राजधानी बनाइनु गलत भएको देउवाको भनाइ थियो। उनले भने, ‘जंगल जोगाउनुपर्ने ठाउँमा फाँडेर राजधानी बनाइनु ठीक होइन।’

कञ्चनपुरको महेन्द्रनगर जाने क्रममा धनगढी विमानस्थलमा झरेका सभापति देउवाले प्रधानमन्त्री केपी ओलीले भन्दैमा राजधानी तेघरी उपर्युक्त नहुने बताए। तेघरी जंगल फाँडेर राजधानीका लागि संरचना बनाउनु खर्च गर्ने दाउ मात्रै भएको उनको तर्क थियो। ‘नयाँ भौतिक संरचना निर्माण र कार्यालय व्यवस्थानमा खर्च जुटाउन मुस्किल हुने भएकाले यस्तो अवस्थामा पुरानै संरचनालाई प्रयोग गरेर राजधानीलाई चलाउनु हुँदैन,’ उनले थपे, ‘अहिलेको अवस्थामा राजधानी धनगढी नै उपयुक्त छ।’ धनगढीमा रहेका सरकारी भवनको सदूपयोग गर्दै राजधानीलाई अन्यत्र सार्नु उचित नभएको उनको कथन थियो। 

प्रकाशित: १६ फाल्गुन २०७५ १४:३० बिहीबार

नेपाली_कांग्रेस शेरबहादुर_देउवा सुदूरपश्चिम राजधानी