राजनीति

हेलिकप्टर दुर्घटना : श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति भण्डारी टुँडिखेल आउने

काठमाडौं- हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सहित सात जनालाई श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जाने भएकि छन्। अन्तिम श्रद्धाञ्जलीको लागि पार्थिव शरिर टुँडिखेलमा राखिँदैछ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार श्रद्धाञ्जली अर्पणमा जाने विषयमा छलफल भइरहेको छ। पोस्टमार्टम सकिएपछि दुर्घटनामा निधन हुनेहरुको शव टुँडिखेलमा अन्तिम श्रद्धाञ्जलीको लागि राखिने छ। वुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारी सहित सात जनाको निधन भएको थियो।

प्रकाशित: १६ फाल्गुन २०७५ ०९:२६ बिहीबार

हेलिकप्टर दुर्घटना रवीन्द्र_अधिकारी