राजनीति

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं – प्रतिनिधिसभाको बिहीबार (आज) लागि तय भएको बैठक स्थगित भएको छ। संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आज एक सूचनामार्फत् आजको बैठक स्थगन भएको जानकारी दिए।

बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत सात जनाको निधन भएकामा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेकाले प्रतिनिधिसभाको बैठक बस्न नसक्ने उनले जानकारी दिए।

अब अर्को बैठक शुक्रबार दिनको ३ बजे बस्ने तय भएको छ। सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक शुक्रबार दिनको ३ बजेका लागि तय गरेको महासचिव भट्टराईले जानकारी दिए। 

प्रकाशित: १६ फाल्गुन २०७५ ०७:४० बिहीबार

प्रतिनिधिसभा संघीय_संसद् बैठक