राजनीति

नेकपाले २३ गते श्रद्धाञ्जलीसभा गर्ने

फाइल तस्बिर

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनप्रति फागुन २३ गते धुम्बाराहीमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा मन्त्री अधिकारीसहित मृतकको शोकमा एक मिनेट मौन धारणसहित शोक प्रस्ताव पारित गरेको थियो। यस्तै, नेकपाले देशैभरको पार्टी कार्यालयमा पार्टीको झण्डा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णयसमेत गरेको छ। ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको ज्यान गएको थियो।

प्रकाशित: १६ फाल्गुन २०७५ ०६:४७ बिहीबार

हेलिकप्टर_दुर्घटना रवीन्द्र_अधिकारी नेकपा