राजनीति

हेलिकप्टर दुर्घटनापछि मन्त्रिपरिषद्काे आकस्मिक बैठक बाेलाइयाे

काठमाडाैं - पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदकाे बैठक बालुवाटार बोलाएका छन्। दुर्घटनाकाे  खबर सार्वजनिक भएलगत्तै प्रधानमन्त्रीले बैठक बाेलाएका हुन्।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं १० फुरुम्बोको सिस्ने स्थित तारेभीरमा हेलिकप्टर भीरमा ठोकिएर बिमान दुर्घटनामा परेको स्थानीयले बताएका छन्। हेलिकप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ६ जना सवार थिए।

प्रकाशित: १५ फाल्गुन २०७५ ०९:१५ बुधबार

रवीन्द्र_अधिकारी एयर_डाइनेस्टी हेलिकोप्टर_दुर्घटना