राजनीति

यो दुईतिहाइ सरकारबाट आशा गरेजस्तो काम भएन : अध्यक्ष दाहाल

कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष दाहाल। तस्बिरः नरहरि सापकोटा

गोरखा - जनताले चाहेजस्तो उपलब्धि अहिलेको दुई तिहाई सरकाले दिन नसकेको सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले स्वीकारेका छन्। 

‘दुई तिहाइको सरकारबाट एक वर्षमा अहिले भएका भन्दा धेरै कामको आशा जनताले गरेका थिए, पूरा हुन सकेन, शंकको भावना आम जनतामा फैलिएको छ।’ अहिले गर्न नसकेको बाचा आगामी वर्ष पूरा गर्ने उनले पुनः बाचा गरे। 

बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा मंगलबार गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले अहिलेको लडाइँ समृद्धिको भएको प्रस्ट पारे। उनले भने, ‘जनयुद्धकालभन्दा अहिले समृद्धि ल्याउन गाह्रो छ। यो एक वर्ष कानुन बनाउने, छिमेकी देशसँग सम्बन्ध सुधार गर्नेमा बित्यो।’ 

पूर्वाधार विकासमा योजना बनाउने सफल काम सुरु भएको बताउँदै उनले दुई तिहाइ भएका बेला आफूलाई फटाफट विकास होला, भ्रष्टलाई कारवाही होला भन्ने लागेको तर हुन नसकेको भन्दै सरकारप्रति गुनासो गरे। ‘वृद्धवृद्धालाई ५ हजार भत्ता पुर्याउँछौँ भनेका थियौं, यो पटक सकेनौं’, उनले भने, ‘अब बनाउने बजेटमा पक्कै समेट्छौं। 

 

प्रकाशित: १४ फाल्गुन २०७५ ११:४७ मंगलबार

दुई_तिहाइ बारपाक जनयुद्धकाल उपलब्धि