राजनीति

संसदमा आर्थिक कार्यविधी विधेयक प्रस्तुत

काठमाडौं – प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५’ प्रस्तुत गरेका छन्। उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई बैठकमा बहुमतले अस्वीकृत गरेको थियो।

यसैगरी अर्थमन्त्री डा. खतिवडाले बैठकमा प्रस्तुत गरेको ‘भुक्तानी तथा फछ्र्यौट विधेयक २०७५’ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो।

बैठकले अर्थमन्त्री डा. खतिवडाले प्रस्तुत गरेको ‘सूचना प्रविधिसम्बन्धी विधेयक २०७५’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रीका तर्फबाट अर्थमन्त्री डा. खतिवडाले सो प्रस्ताव प्रस्तुत गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १६ गते अपराह्न १ बजे बस्नेछ।

 

प्रकाशित: १४ फाल्गुन २०७५ १०:१२ मंगलबार

संसद प्रतिनिधिसभा आर्थिक_कार्यविधी_विधेयक डा._युवराज_खतिवडा