राजनीति

अन्तत: समितिले फेला पार्‍यो अन्सारीका दुई वटा जन्ममिति

काठमाडाैँ - संसदीय सुनुवाई समितिले अनुसन्धान गर्दा संवैधानिक परिषद्बाट मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम अन्सारीको दुईवटा जन्म मिति भएको पाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्राप्त विवरणबमोजिम उनको जिल्ला प्रशासनको ढड्डामा २०३७ सालको जन्ममिति रहेको छ। उनको काठमाडौ बाटै लिएको नागरिकतामा २०३० सालको भएको पाइएको छ। यसैगरी, निर्वाचन आयोगले पठाएको विवरणअनुसार अन्सारी नेकपाको केन्द्रीय सदस्य भएको तथा उनको नाम नेकपाका समानुपातिकको बन्द सुचीमा रहेको जानकारी पठाएको छ।

सुनुवाइ समितिमा अन्सारीको दुईवटा नागरिकता रहेको र नेकपाको केन्द्रीय सदस्य भएको भन्ने उजुरी परेपछि समितिले जिल्ला प्रशासन कार्यालय र निर्वाचन आयोगसँग विवरण मागेको थियो। भारतको पटनाबाट स्नातकको प्रमाणपत्र पेश गरे पनि प्रमाणपत्र तह र एसएलसीको प्रमाणपत्र समितिमा पेश नगरेपछि समितिले प्रमाणपत्र र एसएलसीको प्रमाणपत्र संवैधानिक परिषद्सँग मागेको छ। तर परिषदले त्यसको विवरण पठाएको छैन्।

प्रकाशित: १३ फाल्गुन २०७५ ०६:२२ सोमबार

संसदीय_सुनुवाई_समिति संवैधानिक_परिष मुस्लिम_आयोग समिम_अन्सारी