राजनीति

स्वास्थ्यमन्त्री ‘ग्लोबल डिजिटल हेल्थ’ मा भाग लिँदै

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले ‘ग्लोबल डिजिटल हेल्थ’ मा भाग लिने भएका छन्। सोमबारदेखि सुरु हुने सो सम्मेलनमा भाग लिन आइतबार नयाँदिल्ली प्रस्थान गरेका छन्। तीनदिनसम्म चल्ने सो सम्मेलनमा विश्वका ६० देशका स्वास्थ्यमन्त्री तथा विज्ञ तथा वैज्ञानिक सहभागी हुँदैछन्।

सम्मेलनको क्रममा स्वास्थ्य क्षेत्रमा अपनाइएका सूचना प्रविधिको विषयमा विज्ञ तथा वैज्ञानिकहरूले छलफल र यसको व्यावहारिक प्रयोगबारे छलफल हुनेछन्। यसका साथै स्वास्थ्य क्षेत्रमा प्रयोग भएका प्रविधिहरूको प्रदर्शनी पनि हुनेछ।सम्मेलनकै क्रममा नीतिगत वातावरण, चिकित्सकीय पद्धति, तथ्यपरक मूल्यांकन, साईवर सेक्युरिटी, स्वास्थ्यमा सर्वव्यापी पहुँच र दिगो विकास लक्ष्य हासिल गर्न सूचना प्रविधिको भूमिकाबारे छलफल गरिनेछ।

सो कार्यक्रमको तेस्रो दिन भने प्रदर्शनीमा सहभागी हुने विभिन्न देशका सरकारी, प्राज्ञ, अनुसन्धानकर्ता, उद्योगपतिका साथै स्वास्थ्य प्रविधिका क्षेत्रमा क्रियाशिल स्थायी २३ राष्ट्रहरूले प्रर्दशनीमा भाग लिने कार्यक्रम छ। सम्मेलनले एक अर्को राष्ट्रमा भएका आधुनिक प्रविधि तथा त्यसको सदुपयोगको ज्ञान साटासाट गर्न र स्वास्थ्य क्षेत्रमा नयाँ सूचना प्रविधि भिœयाउन सहयोग मिल्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १३ फाल्गुन २०७५ ०५:१८ सोमबार

उपेन्द्र_यादव ग्लोबल_डिजिटल_हेल्थ नयाँदिल्ली