राजनीति

जीएसएमएकाे कार्यक्रममा सहभागी हुन मन्त्री बाँस्काेटा स्पेन प्रस्थान

फाइल तस्बिर

काठमाडाैं - सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा स्पेनको बार्सिलोना प्रस्थान गरेका छन्। आउँदो फ्रेव्रुअरी २५ देखि २७ तारिक सम्म 'ग्लोबल सिस्टम फर मोबाइल कम्यूनिकेशन' (जीएसएमए) को आयोजनामा सञ्चालन हुने 'जीएसएमए मिनिस्टेरीयल प्रोग्राम २०१९' मा सहभागिता जनाउन मन्त्री बाँस्कोटा त्यसतर्फ प्रस्थान गरेका हुन्।

उक्त कार्यक्रममा विभिन्न राष्ट्रका मन्त्री तथा उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहने छ। भ्रमणका क्रममा मन्त्री बाँस्कोटाले अन्य देशका समकक्षी तथा विशिष्ट व्यक्तित्वहरुसँग समेत भेटघाट गर्ने मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित: ११ फाल्गुन २०७५ १२:२४ शनिबार

गोकुलप्रसाद_बाँस्कोटा स्पेन जीएसएमए मिनिस्टेरीयल_प्रोग्राम