राजनीति

अख्तियारद्वारा ७५ हजार घुससहित जेलर पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७५ हजार रुपैयाँ घुससहित एक जेलरलाई नियन्त्रणमा लिएको छ। कार्यालयकै चौकीदारसँग घुस लिएको अभियोगमा अख्तियारको हेटौंडा कार्यालयबाट खटिएको टोलीले शुक्रवार मकवानपुरको भीमफेदी कारागार कार्यालयका जेलर शाखा अधिकृत मदन अधिकारीलाई उनको निवासबाट नियन्त्रणमा लिएको हो।  

जेलर अधिकारीले रकम नदिए अन्यत्र कारागारमा सरूवा गरिदिने धम्की दिँदै चौकीदारकी दिदीमार्फत घुस लिएको खुल्न आएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले नागरिक न्यूजलाई जानकारी दिए। ‘चौकीदारकी दिदीबाट घुस लिइसकेको अवस्थामा हाम्रो टोलीले अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ’, उनले भने। 

प्रवक्ता दंगालका अनुसार जेलर अधिकारीलाई भोलि काठमाडौं ल्याइने छ।

प्रकाशित: १० फाल्गुन २०७५ १०:५७ शुक्रबार

अख्तियार घुस जेलर पक्राउ